
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न भने सकिएको छैन।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।



कागजपत्र |
