बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा भएको थियो ।

आज चाँदीको मूल्य समेत ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम हुन पुगेको छ ।

प्रतिक्रिया