
सुदूरपश्चिमको वन मन्त्रीमा भट्ट नियुक्त
कैलाली – सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ।
सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो। भट्ट बैतडी प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रतिनिधि हुन्।



कागजपत्र |
