
छुटे शंकर अग्रवाल
काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रकरणमा बयान लिएपछि छाडिएको छ।
सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार अग्रवाललाई शुक्रबारदेखि नियन्त्रणमा राखी बयान लिइँदै आएको थियो। बयान प्रक्रिया आइतबार पूरा भएपछि उनलाई रिहा गरिएको हो।
विभागले व्यवसायी दीपक भट्टसँगको आर्थिक कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अग्रवालसँग सोधपुछ गरेको जनाएको छ।
यसैबीच, शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको छ। उनलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको विभागले जनाएको छ।
स्रोतका अनुसार शंकर र सुलभ अग्रवालमाथि लागेका विषय फरक–फरक भएकाले शंकरलाई बयानपछि छाडिएको र सुलभमाथि थप अनुसन्धान आवश्यक देखिएको हो।



कागजपत्र |
