
साइकल चढेर सिंहदरबार पुगे रास्वपा सांसद आशिष गजुरेल
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । आज सुरु हुने प्रतिनिधिसभा बैठकमा सहभागी हुन उनी साइकलमै सिंहदरबार पुगेका हुन् ।
सिन्धुली–२ बाट प्रत्यक्ष निर्वाचित गजुरेल यातायात तथा पूर्वाधार क्षेत्रका विज्ञका रूपमा परिचित छन् । उनी यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।
सार्वजनिक यातायात र दिगो मोबिलिटीको सन्देश दिन उनी साइकल प्रयोग गरेर सिंहदरबार पुगेको बताइएको छ ।



कागजपत्र |
