ओली र रमेश लेखकलाई दोस्रोपटक म्याद थप्ने तयारी


काठमाडौं-  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ ।

शनिबार) पक्राउ परेका दुवै जनालाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो । उक्त म्याद बिहीबार  सकिने भएपछि दोस्रोपटक म्याद थप्ने तयारी गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुवैजनाको म्याद आज थप्ने तयारी भइरहेको छ । प्रहरीले रमेश लेखकलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउने जनाएको छ ।

ओलीलाई भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा उपस्थित गराइने तयारी गरिएको छ । मृगौलासम्बन्धी समस्याका कारण उनी महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका छन् ।

शनिबार पक्राउ परेका लेखकको बयान बुधबारदेखि सुरु भएको थियो भने ओलीको बयान अझै लिइएको छैन ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बल प्रयोग गर्न निर्देशन दिएको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया