
काठमाडौं–दिल्ली रुटमा नेपाल वायुसेवाको उडान विस्तार, ३ उडान थपियो
काठमाडौं- नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई रुटमा उडान संख्या विस्तार गरेको छ। यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक एक उडान सञ्चालन हुँदै आएकोमा अब आरए २०५/२०६ बाट हप्तामा थप तीन दिन उडान सञ्चालन हुने निगमले जनाएको छ।
उडान संख्या थपिएसँगै काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमको साप्ताहिक उडान संख्या १० पुगेको छ। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सेवा सुरु भइसकेको जानकारी दिएको छ।




कागजपत्र |
