
सुदूरपश्चिमका सांसदसँग छलफलमा प्रधानमन्त्री बालेन
काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ ।
छलफल बिहान ११ बजेदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यलयका अनुसार बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसँग भेटघाट गरेका हुन् ।
प्रधानमन्त्री बालेनले सोमबार कर्णाली र कोशीका सांसदसँग भेटघाट गरेका थिए ।



कागजपत्र |
