
बरिष्ठ नेता डा. कोइरालाद्वारा नवनिर्वाचित कांग्रेस सांसदहरु सम्मानित
काठमाडौं — नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
देउवा–कोइराला पक्षद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बरिष्ठ नेता कोइरालाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरुलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
शेरबहादुर देउवा–शेखर कोइराला समूहले सोमबार धुम्बाराहीमा आयोजना गरेको थियो ।
कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।



कागजपत्र |
