
देउवा पक्षद्वारा कांग्रेस केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व फेरि सतहमा देखिएको छ । देउवा पक्षले समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारका लागि बैठक बोलाइएको हो। उनले वर्तमान राजनीतिक घटनाक्रमका साथै अदालतमा दायर गरिएको रिटमाथि हुने सुनुवाइपछिको रणनीति तय गर्न बैठक केन्द्रित हुने बताए।
“समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । हामीले दायर गरेको रिटको यही चैत २२ गते सुनुवाइ हुँदैछ । त्यसपछि के गर्ने भन्ने विषयमा पनि बैठकमा विस्तृत छलफल हुनेछ,” पौडेलले भने।



कागजपत्र |
