
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।
शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो। अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति दिएको हो।
यसैबीच, नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बैठक बस्ने जानकारी दिएका छन्।
बैठकमा समसामयिक विषय र पार्टी अनुशासनसम्बन्धी मुद्दाहरूमा छलफल हुने जनाइएको छ।



कागजपत्र |
