को-को हुने भए बालेन क्याबिनेटमा ?


काठमाडौं – बालेन नेतृत्वको सरकारमा थप दुई मन्त्री फाइनल भएका छन् ।

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ र सामान्य प्रशासनमा प्रतिभा रावल निश्चित भएका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

अन्य मन्त्रीहरुमा गृहमा सुदन गुरुङ, अर्थमा डा. स्वर्णिम वाग्ले, पर्यटनमा गणेश पौडेल, भौतिक पूर्वाधारमा सुनिल लम्साल, वाणिज्य तथा आपूर्तिमा डा. अमरेश कुमार सिंहलगायतको नाम टुंगिएको जनाइएको छ ।

त्यस्तै परराष्ट्रमा शिशिर खनालको पनि टुंगो लागिसकेको जनाइएको छ । त्यस्तै कानुन मन्त्रीमा सोबिता गाैतमको पनि टुंगो लागेको जनाइएको छ ।

 

प्रतिक्रिया