
जाँचबुझ आयोगको प्रतिवेदन अधुरो रहेको कांग्रेसको टिप्पणी
काठमाडौं – नेपाली कांग्रेसले गत भदौमा भएको जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई प्रारम्भिक रूपमा अपूर्ण र अधुरो रहेको बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले आयोगको प्रतिवेदनले घटनाक्रमको सम्पूर्ण चित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गरे । उनका अनुसार प्रतिवेदनले २३ भदौका घटनाबारे केही जानकारी दिने प्रयास गरे पनि २४ भदौका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न सकेको छैन ।
चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न बाँकी रहेको उल्लेख गर्दै यसबारे ठोस धारणा बनाउन कांग्रेसले विशेष समिति गठन गर्ने जानकारी दिए । उक्त समितिमा कानुनविद्, प्रशासनका जानकार, जेनजी आन्दोलनका अभियन्ता तथा अन्य विज्ञहरू सहभागी रहने उनले बताए ।
उनले समितिको अध्ययनपछि जेनजी जाँचबुझ आयोग तथा मानव अधिकार आयोगको प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।



कागजपत्र |
