पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता


पाल्पा – तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन्।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित दोभान ड्यामसाइड क्षेत्रमा रहेको जलविद्युत आयोजनाको हेडबक्स नजिक डुबेर दुई जना भारतीय पर्यटक बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार ५ जनाको समूहमा घुम्न आएका उनीहरूमध्ये दुई जना पुरुष खोलामा डुबेर हराएका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार घटनाबारे जानकारी पाएलगत्तै स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली संयुक्त रूपमा खोजी तथा उद्धार कार्यमा खटिएको छ।

हालसम्म बेपत्ता भएका व्यक्तिहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया