
एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम
काठमाडौं– नेकपा एमालेले समानुपातिकतर्फ पाउने सिट अनुसार १६ जनाको सम्भावित सांसद सूची निर्वाचन आयोगमा बुझाएको छ।
केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार आइतबार पार्टीले आयोगमा उक्त सूची पेश गरेको हो।
सूची अनुसार जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यको नाम सिफारिस गरिएको छ।
महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरिएको छ। पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरुषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक, नीता घतानी, मधेसी महिलाबाट रिङ्ला यादव, यशोधा कुमारी यादव, मधेसी पुरुषबाट चन्द्रेश्वर मण्डल र मुस्लिम समुदायबाट साजिदा सिद्धिकीको नाम सिफारिस गरिएको छ।
यी १६ नाम आइतबार निर्वाचन आयोगमा बुझाइएको नेताले जानकारी दिएका छन्।



कागजपत्र |
