
यी हुन् श्रम सँस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
काठमाडाैं- हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद चयन गरेको छ ।
प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाएको छ । जसअन्तर्गत आदिवासी जनजातिमा पूर्णप्रसाद लिम्बू, खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेशीतर्फ रुवी कुमारी ठाकुरको नाम टुंगो लगाइएको प्रवक्ता सत्य घले गुरुङले बताएका छन् ।
पार्टीको विधान, योग्यता तथा क्षमताका आधारमा छनोट गरिएका उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाइएसकिएको उनले बताएका छन् ।



कागजपत्र |
