कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, समानुपातिक उम्मेदवार टुङ्गो लगाइने


काठमाडौं-  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

बैठक केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा सुरु भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बसेको यस बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सीट जितेको थियो।

बैठकमा आगामी रणनीति, पदाधिकारीको कामको समिक्षा तथा आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया