रास्वपाको सचिवालय बैठक सुरु


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सचिवालयको बैठक सुरु भएको छ । केन्द्रिय कार्यालय वनस्थलीमा बैठक भर्खरै सुरु भएको हो । बैठकमा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित छैनन् । सभापति रवि अस्वथ्य भएका कारण भौतिक रूपमा उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

आजको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने निर्णय गर्ने बताइएको छ ।

समानुपातिक सूचीबारे अन्तिम निर्णय गर्न तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकअघि पार्टी प्रवक्ता मनिष झाले नयाँ सरकार बन्न अझै १० दिन जति लाग्न सक्ने बताएका थिए ।

प्रतिक्रिया