नडराउनुस् गोर्खाली र नेपालीको सम्मानका लागि जोसुकैसँग लड्छौंः भारतीय गृहमन्त्री शाह


काठमाडौं– भारतीय गृहमन्त्री अमित शाहले गोर्खाली र नेपालीको सम्मानका लागि जोसुकैसँग लड्न भारतीय जनता पार्टी सक्षम रहेको बताएका छन्।

दार्जिलिङमा पश्चिम बंगालको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली ढाका टोपीमा सजिएका शाहले भने,‘गोर्खाली र नेपालबाट आएका नेपाली हाम्रा दाजुभाई हुन्, डराउन पर्दैन तपाईहरुको सम्मानका लागि हामी लड्छौं।’

गोर्खाली र नेपालीको इतिहास गर्विलो रहेको बताएका उनले पश्चिम बंगालमा भाजपाको सरकार बने गोर्खालीमाथि लगाइएको मुद्दा एक साताभित्र फिर्ता लिने बताए।

पश्चिम बंगालमा विधानसभा चुनावको प्रचारका लागि यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ढाका टोपीमा सजिएर सम्बोधन गरेका थिए।

प्रतिक्रिया