
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक भोलि चैत १ गते आइतवारमात्र बस्ने भएको छ । यसअघि यो बैठक आज शनिवार बस्ने कार्यक्रम थियो ।
पार्टीका प्रवक्ता मनिष झाद्वारा दिइएको जानकारी अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि बस्ने तय गरिएको हो ।
सचिवालय बेठक आइतवार बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्ने छ । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धमा केन्दिूत हुने प्रवक्ता झाको भनाइ छ ।



कागजपत्र |
