रास्वपा सचिवालय बैठक आज, समानुपातिक सांसदको टुंगो लगाइँदै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आज बस्दैछ ।

उक्त बैठकमा समानुपातिकमा पठाउने नाम बारे छलफलका साथै निर्णय हुने जनाइएको छ ।

समय र स्थान तोक्न भने बाँकी रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले समानुपातिक सांसदको नाम केन्द्रीय समितिमा पठाउने बताइएको छ।

सचिवालय बैठकबाट पास भएर आएको नामलाई केन्द्रीय समितिले टुंगो लगाई निर्वाचन आयोगमा पठाउने पनि जनाइएको छ ।

समानुपातिक सांसदका लागि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आह्वान गरिसकेको छ । सम्पन्न निर्वाचनमा रास्वपाले समानुपातिकमा ५७ जना सांसद पाएको छ ।

प्रतिक्रिया