कांग्रेसले भोलि आयोगमा समानुपातिक सांसदको नाम बुझाउने


काठमाडौं-  नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फका सांसदहरूको नाम बुझाउने तयारी गरेको छ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार, बन्दसूचीमा रहेका नामलाई क्लस्टर मिलाएर सबै समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी भोलिसम्म नाम आयोगमा पठाइनेछ। उनले भने, “अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन। क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी हामी नाम आयोगमा बुझाउने तयारी गर्दैछौँ।”

कांग्रेसले प्रत्यक्षतर्फ १८ सीट जितेको छ भने समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत पाउँदा कुल ३८ सीट प्राप्त गरेको छ। अहिले पार्टी भित्र समानुपातिक नामको गृहकार्यमा केन्द्रित छ।

प्रतिक्रिया