
महाकाली नदी किनारमा एक महिला मृत फेला
बैतडी- माइतीबाट टीकाटालो गर्दै घर जान हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छिन्। दनपा– ८, डुङरास्थित माइती घरबाट भारत (घर) हिँडेकी ३६ वर्षीया दीपा महर महाकाली नदी किनारमा मृत फेला परेकी हुन्।
उनी भारत (दिल्ली)बिहे गरेर उतै बस्ने गरेकी थिइन्। बुधबार बिहान उनी घर जाने भन्दै हिँडेको छिमेकी रमेश भट्टले बताए। यसपछि उनको मोबाइल अफ थियो। दोस्रो दिन पनि केही खबर नआएपछि खोजी गर्दा उनको शव महाकाली नदी किनारमा फेला परेको हो।
सीमानाका झुलाघाटबाट दुई किलोमिटरजति दक्षिणमा धारीगाड भन्ने ठाउँमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको बैतडीका प्रहरी नाायब उपरीक्षक दीपककुमार रायले बताए।



कागजपत्र |
