कञ्चनपुरमा जीप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


कञ्चनपुर – कञ्चनपुरमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वेदकोट नगरपालिका–७ स्थित लालपुर क्षेत्रमा से १ च १४०५ नम्बरको जीप र म २ प ३५०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

उनका अनुसार मृतक दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। हालसम्म मृतकहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया