एक महिनाका लागि विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

विद्यालय बन्द रहेको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन समेत स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन गर्दै अहिले युवा र कम उमेर समूहमा कोरोना संक्रमण देखिन थालेकोले ३० दिनसम्म विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउनका लागि मन्त्रालयले पहल गरेको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने बताए । मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७÷८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

मन्त्री त्रिपाठीले यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भए पनि औपचारिक निर्णय भने भइनसकेको बताए ।

 

प्रतिक्रिया