भारतमा पहिलोपटक दिइयो इच्छा मृत्युको अनुमति


काठमाडौं – भारतको सर्वोच्च अदालतले पहिलो पटक ‘प्यासिभ युथेनेसिया’ (इच्छा मृत्यु)लाई कानुनी मान्यता दिँदै बुधबार ऐतिहासिक फैसला सुनाएको छ।

बार एन्ड बेंच र पीटीआईका अनुसार, अदालतले १२ वर्षभन्दा लामो समयदेखि कोमामा रहेका ३२ वर्षका व्यक्तिको जीवनरक्षक उपकरण (लाइफ सपोर्ट) हटाउन अनुमति दिएको छ।

जस्टिस जेबी पारदीवाला र जस्टिस केभी विश्वनाथनको संयुक्त पीठले यस भावनात्मक र लामो समयदेखि विवादमा रहेको मुद्दामा फैसला सुनाएको हो। अदालतले केन्द्र सरकारलाई प्यासिभ युथेनेसियासम्बन्धी व्यापक कानून बनाउन विचार गर्न पनि निर्देशन दिएको छ।

साथै, सर्वोच्च अदालतले एम्स–दिल्लीलाई निर्देश दिएको छ कि जीवनरक्षक उपकरण हटाउँदा विशेष योजना बनाइयोस्, जसले गर्दा सम्पूर्ण प्रक्रिया दौरान बिरामीको गरिमा र सम्मान कायम रहोस्।

प्यासिभ युथेनेसिया के हो?

प्यासिभ युथेनेसिया भन्नाले यस्तो स्थिति जनाउँछ जब कुनै व्यक्ति धेरै वर्षदेखि बिस्तरमा पर्छ, कोमामा रहन्छ र पूर्ण रूपमा निको हुने सम्भावना समाप्त भइसकेको हुन्छ। यस्तो अवस्थामा उसले केवल लाइफ सपोर्टमा जिउँदै रहन्छ भने, चिकित्सकको निगरानीमा उसको लाइफ सपोर्ट हटाउन सकिन्छ।

प्रतिक्रिया