
१६१ निर्वाचन क्षेत्रको मतपरिणाम आउँदा कसले कति सिट जिते ?
काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ ।
प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ ।
दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १७ सिटमा चित्त बुझाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जित निकाल्दा एक क्षेत्रमा अग्रता कायम राखेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने सात क्षेत्रमा सिट सुरक्षित गरेको छ ।
हर्कराज राईको श्रम संस्कृति पार्टीले तीन क्षेत्र सुरक्षित गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने एक क्षेत्र जुम्लामा मात्र जित निकालेको छ । निर्वाचन आयोगले आज दिउँसोसम्ममा प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम सार्वजनिक हुने बताएको छ ।
समानुपातिकतर्फको परिणाम भने मंगलबारसम्ममा सक्ने योजना आयोगको रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।



कागजपत्र |
