रवीन्द्र मिश्रले लिए राजनीतिबाट सन्यास


काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमा तत्कालका लागि राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

मिश्रले पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको जनमतलाई सङ्गठित गर्न नसकेकोमा जिम्मेवारी पनि विज्ञप्तिमा लिएका छन्।

उनले ०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौँ १ बाट पराजित भएका थिए ।

प्रतिक्रिया