काठमाडौं १ मा रञ्जु दर्शनाको जित सुनिश्चित


काठमाडौं – काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शनाको जित सुनिश्चित भएको छ ।

पछिल्लो मत गणना परिणाम अनुसार रञ्जुले १३ हजार पाँच् सय ९१ मत प्राप्त गरेकी छन्। काङ्ग्रेसका प्रवल थापाले पाँच हजार ६ सय ९६ मत प्राप्त गरेका छन्।  राप्रपाका रविन्द्र मिश्रले तीन हजार पाँच सय मत पाएका छन्।

५७ मतदान  केन्द्रमध्ये अब ७ केन्द्रको करिब तीन हजार सात  सय मत गन्न बाँकी छ । गन्न बाँकी मत र रञ्जुले प्राप्त गरेको मत धेरै भएकोले उनले रास्वपामा जितको पहिलो खाता खोल्ने सुनिश्चित देखिएको हो । हालसम्म २६ हजार एक सय १६ मत गणना भइसकेको छ ।

प्रतिक्रिया