
सिंगापुर उडे कांग्रेस पूर्वसभापति देउवा
काठमाडौं – नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा गएराति ११ः३० बजे स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले बतायो ।
आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।
यद्यपि देउवा यसअघि पनि पटक पटक उपभारको लागि सिंगापुर जाने गरेका थिए ।



कागजपत्र |
