रास्वपा मकवानपुर सभापतिले पनि छाडे पार्टी, कांग्रेसमै फर्किए पराजुली


काठमाडौं – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ।

पछिल्लो तीन सातायता केन्द्र, प्रदेश र स्थानीय तहका प्रभावशाली नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली सर्लाही पुगेर काङ्ग्रेसमै फर्किएका छन्।

नेपाली काङ्ग्रेसका सभापति गगन थापा सामु पुगेर काङ्ग्रेस फर्किएका हुन्। उनी यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए।

पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनीहरूको आरोप छ।

देशभर नयाँ र पुराना दलबीच प्रतिस्पर्धा चर्किएको भनिए पनि व्यवहारमा पुराना दलको संगठनात्मक जरा बलियो देखिन्छ। नयाँ दलहरू भने आन्तरिक व्यवस्थापनमै व्यस्त हुँदा अपेक्षित प्रतिस्पर्धा कमजोर देखिएको विश्लेषको तर्क छ।

प्रतिक्रिया