संसद् विघटनविरुद्धकाे रिटमा फागुन २२ गते साधारण तारेख


काठमाडौं –  सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटका विषयमा फागुन २२ गते साधारण तारेख तोकेको छ। सो दिन रिट निवेदकहरूलाई अदालतमा उपस्थित हुन बोलाइएको छ।

अदालतले जनाएको छ, सो दिन रिट निवेदकले मुद्दाको बाँकी सुनुवाइका लागि आवश्यक कागजातसहित उपस्थित भएमा पेसी निर्धारण गरिनेछ। नत्र उनीहरूलाई अर्को तारेखमा बोलाइनेछ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गर्दै प्रतिनिधिसभा विघटन गरिएको थियो।

संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमाले र नेपाली कांग्रेस (तत्कालीन संस्थापन पक्ष)ले समेत सर्वोच्चमा रिट दायर गरेका थिए। यस विषयमा सर्वोच्चमा दर्जन बढी रिट दायर भएका छन्। सर्वोच्चले संसद् विघटनसम्बन्धी सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया