यता ओलीले एमाले महाधिवेशन समितिको बैठक डाके, उता नेपालले सर्कुलर पठाए


काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठक डाकेका छन्। ६ वैशाखमा डाकिएको बैठकमा महाधिवेशनका लागि आवश्यक तयारी पूरा गर्न विभिन्न नेतालाई जिम्मेवारी दिने तयारी गरिएको छ।

२८ फागुनमा नेकपा माओवादीबाट एमालेमा आएका नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै महाधिवेशनको निर्णय गरिएको थियो। महाधिवेशन आयोजक कमिटीको बैठकले नेतालाई जिम्मेवारी तोकिने एक नेताले बताए।

उता, एमालेमा समानान्तर गतिविधि गर्दै आएका नेता माधवकुमार नेपालले विभिन्न जिल्लामा सर्कुलर जारी गरेका छन्। उनले ४ र ५ चैतको राष्ट्रिय भेला, समानान्तर कमिटी गठन, जनवर्गीय संगठनका समानान्तर कमिटी गठनलगायतका विषय खुलाएर भेलाको औचित्यबारे लेखेर जिल्ला जिल्लामा सर्कुलर गरेका हुन्।

अध्यक्ष ओलीले नेपाललगायत भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरिसकेका छन्।

प्रतिक्रिया