रास्वपाले ल्यायो नागरिक करारपत्र


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातासँग पाँच बुँदे नागरिक करार गर्ने घोषणा गरेको छ।

रास्वपा सभापति रवि लामिछानेले आइतबार सार्वजनिक गरेको करारमा विगतमा लोकतान्त्रिक अधिकारका लागि भएका संघर्षदेखि सुशासनका पक्षमा देखिएको ‘जेनजी आन्दोलन’को मर्मलाई आत्मसात् गरिएको उल्लेख छ।

करारअनुसार मतदाताले रास्वपालाई मत दिएमा पार्टीले बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहित उदार अर्थनीति, प्रदेश संरचनामा सुधार, समन्वयात्मक समावेशिता र सनातन सभ्यताको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।

रास्वपाले धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको क्षमता उपयोग तथा “सौम्य शक्ति” विस्तारमार्फत सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान जोगाउने प्रतिवद्धता पनि समेटिएको जनाएको छ।

प्रतिक्रिया