सूर्यविनायकमा बसका सहचालक बसभित्रै मृत भेटिए


भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिकामा एक बसका सहचालक बसभित्रै मृत अवस्थामा फेला परेका छन्।

मृत भेटिनेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९, पँदेलिपाखो बस्ने ४७ वर्षीय राजाराम चौलागाईं रहेका छन्।

प्रहरीका अनुसार उनी आइतबार सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार बिरुवा बसपार्कमा पार्किङ गरी राखिएको बा ४ ख ३२३६ नम्बरको बसभित्र मृत अवस्थामा फेला परेका हुन्। चौलागाईं सोही बसका सहचालक थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। सहचालकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया