
नेपालले क्यानडालाई हरायो
काठमाडाैं – ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपको तयारीमा रहेको नेपालले वार्मखेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।
क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले २९ बलमा ६ चौका र ३ छक्काको ५८ रन बनाए । त्यस्तै, सन्दीप जोराले ४४, कुशल भुर्तेलले १२ तथा गुल्शन झाले अविजित ३१ रनको योगदान दिए ।
नेपाल पहिलो अभ्यास खेलमा पनि युएईसँगको ७ विकेटले विजयी भएको थियो । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्याण्डविरुद्ध खेल्नेछ ।



कागजपत्र |
