चितवन पुगे रवि लामिछाने, घरमै भेटघाट कार्यक्रम


चितवन-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्। उनी दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर अवतरण गरेका हुन्।

लामिछाने यसपटक पनि चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेर संक्रमण भएपछि उनी काठमाण्डुमै आराम गरिरहेका थिए। फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि उनी आज चितवन पुगेका हुन्।

चोटका कारण हाल उनी सामान्य रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। पत्नी निकिता लामिछानेले उनलाई एम्बुलेन्समार्फत विमानस्थलसम्म पुर्‍याएकी थिइन्।

चितवन पुगेपछि लामिछानेले तत्कालै बाहिर गएर चुनावी प्रचार–प्रसार नगरी आफ्नै निवासमै भेटघाट कार्यक्रम सञ्चालन गर्ने छन्। चिकित्सकहरूले हाल बाहिरी गतिविधि नगर्न सुझाव दिएको उनको सचिवालयले जनाएको छ।

लामिछानेको सचिवालयका अनुसार आज उनी चितवनस्थित लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया