
बालेन शाहको सम्पर्क कार्यालय तोडफोड
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । झापाको कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो ।
तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको रास्वपाका एक नेताले बताएका छन् ।
सम्पर्क कार्यालयमा तोडफोड भए पनि कसले तोडफोड गर्यो ? भन्ने खुल्न सकेको छैन । यद्यपि तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
