

बढ्यो मृत्युः बुटवलको कोरोना अस्पतालमा एकैदिन २ संक्रमितको गयो ज्यान

रूपन्देही – रुपन्देहीको बुटवलमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलको अस्थायी कोरोना विषेष अस्पतालमा प्युठान स्वर्गद्वारी-९ का पुरुष र रुपन्देही तिलोत्तमाकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४३ वर्षीय पुरुष र ७१ वर्षीया महिला रहेकि छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले एकैदिन २ जना सक्रमितको मृत्यु भएको पुष्टि गरे ।
चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको प्युठानका संक्रमितको सोमबार विहान ५ बजे र चैत २३ गते भर्ना भएकी महिलाको सोमबार बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।

