कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के छ एजेण्डा ?


काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल केन्द्रित हुने नेता भिमसेनदास प्रधानले जानकारी दिए ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आजको केन्द्रीय कमिटी बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने एजेण्डा तय गरेको नेताहरूले बताएका छन् ।

पदाधिकारी बैठकमा कार्यव्यस्तताको कारण देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए।

यसअघि २० चैतको बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

 

प्रतिक्रिया