
धनकुटा त्रिशुलेमा बस पल्टियो, ६ जना घाइते
धनकुटा- कोशी लोकमार्गस्थित धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमामा पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार घाइते हुनेहरूमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ बस्ने ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रबिन लिम्बु, २२ वर्षीय राक लिम्बु, छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीय मुना रुचाल, त्यही स्थान बस्ने बालक निक्खि रुचाल, र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीय चन्द्रकला लिम्बु रहेका छन्।
प्रहरीका अनुसार बसमा झण्डै १५ जना सवार थिए र दुर्घटनामा उनीहरूमध्ये छ जना घाइते भएका थिए। प्रहरीचौकी हिलेबाट खटिएको टोली, प्रहरी नायव निरीक्षक चिरञ्जीबी खड्काको कमाण्डमा घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य क्लिनिकमा पठाएको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको धनकुटा–१ स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक ४५ वर्षीय विष्णु थापा सुनसरीको धरान उपमहानगरपालिका–७ का बासिन्दा हुन् र उनी अहिले प्रहरी चौकी हिलेको नियन्त्रणमा छन्।



कागजपत्र |
