दरबारमार्गस्थित ब्ल्याक आउट डान्समा लागेको आगो नियन्त्रणमा


काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याक आउट डान्समा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहान ९ बजेतिर आगलागी सुरू भएको होटल सञ्चालकले बताए ।होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीका दमकल परिचालन गरिएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका छन् ।

प्रतिक्रिया