ह्वात्तै बढ्यो सुनको मूल्य, एकै दिन २० हजारले बढ्दा पुग्यो ३ लाख ३९ हजार


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो ।

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ ।

हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

प्रतिक्रिया