निर्वाचन व्यवस्थित बनाउन १२ समिति र उपसमिति गठन गर्न कांग्रेसकाे परिपत्र


काठमाडौं-  नेपाली कांग्रेसले आगामी निर्वाचन प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन गर्ने परिपत्र जारी गरेको छ।

केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सात प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै निर्वाचन व्यवस्थापन सचिवालय स्थापना गर्न निर्देशन दिएका छन्।

कांग्रेसले निर्वाचन परिचालन समितिसहित सार्वजनिक कार्यक्रम व्यवस्थापन, महिला समन्वय, तरुण स्वयंसेवक समन्वय र श्रमिक क्षेत्र समन्वय तथा परिचालनका लागि उपसमितिहरू गठन गर्न परिपत्र गरेको छ।

साथै, कृषिक्षेत्र तथा कृषक समन्वय, भातृ संस्था समन्वय, शुभेच्छुक संस्था समन्वय उपसमितिहरू पनि गठन गर्न निर्देशन दिइएको छ। प्रचार–प्रसार मूल समितिभित्र मिडिया समन्वय र सामाजिक सञ्जाल समन्वय उपसमिति बनाउने व्यवस्था गरिएको छ।

त्यस्तै, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघ–संस्था समन्वय समिति, धार्मिक संघ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, जेनजीलक्षित १८–३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गरी कुल १२ समिति र थप उपसमितिहरू गठन गर्न परिपत्र जारी गरिएको छ।

यस कदमले नेपाली कांग्रेसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित, समन्वित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया