डडेल्धुरा पुगेका बालेनको सन्देश- ‘सुदूर अब दूर नाई’


डडेल्धुरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम अब टाढा नरहेको सन्देश दिएका छन्।

बुधबार डडेलधुरा पुगेका बालेनले हिउँ परेको सडकमा उभिएको आफ्नो तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै सुदूरपश्चिमप्रतिको आत्मीयता व्यक्त गरेका हुन्।

उनले सुदूरपश्चिमकै स्थानीय भाषाशैली प्रयोग गर्दै लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई।’

बालेनको यो अभिव्यक्तिलाई सुदूरपश्चिमका जनताप्रति नजिकिन खोजिएको आत्मीय संकेत तथा राजनीतिक सन्देशका रूपमा विश्लेषण गरिएको छ।

पूर्वी नेपालको भ्रमण सकेपछि सुदूरपश्चिम पुगेका बालेनले मंगलबार कैलाली र कञ्चनपुरमा मतदातासँग भेटघाट गरेका थिए।

रास्वपाका अनुसार अब उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका क्षेत्रमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया