ओली समूहकालाई हटाएर संसदीय दलमा नेपाल पक्षका नेता चयन


काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुघन महतोलाई चयन गरेको छ । ओली समूहका उनलाई हटाएर नेपाल समूहले महतोलाई चयन गरेको हो । यसअघि संसदीय दलको नेतामा ओली समूहका सत्यनारायण मण्डल थिए ।

आइतबार संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका १३ जना सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेका हुन् । नेता चयन गरिएको सहमति पत्र प्रक्रियागत रुपमा प्रदेश सभाका सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।

त्यस्तै, बैठकबाट रवीन्द्र बैठालाई उपनेता, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरिएको छ । करिब ६ महिनापछि सोमबार बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।

प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् । जसमध्ये १३ जना सांसद नेपाल पक्षमा लागेका छन् भने ८ जना सांसद ओली समूहमा छन् । सोमबार बस्ने प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलको नेताको भूमिका महतोले निर्वाह गर्नेछन् । माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएपछि संसदीय दलको नेतामा मण्डललाई चयन गरिएको थियो ।

 

प्रतिक्रिया