

हिन्दू धर्मले विश्वकै मानवीय आदर्शहरुलाई डोर्याउँछः पूर्वराजा ज्ञानेन्द्र (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दू धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
हरिद्वारमा सुरु भएको कुम्भ मेलामा आइतबार सम्बोधन गर्दै पूर्वराजा शाहले हिन्दू धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डोर्याउने खालको भएकाले हामी संवदेनशील हुनुपर्ने बताएका छन् ।
उनले सम्बोधनमा भनेका छन्, ‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्– तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन्’, सम्बोधनमा उनले भनेका छन्, ‘ नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव– सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्। लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको छ । हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।’
कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्वराजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा पूर्वराजा शाहले मन्तव्य व्यक्त गरेका हुन् । सोमबारको मौनी अमावश्यामा गिरिसँगै राजदम्पती पनि शाही स्नानमा सहभागी हुने कार्यक्रम छ ।
सम्बोधनः

