
जन्मदिनमा शेरबहादुर र आरजु देउवाबीच केक सेयर
काठमाडौं- नेपाली कांग्रेसकी नेत्री आरजु देउवाले आफ्नो ६३औं जन्मदिन मनाएकी छन्।
जन्मदिनको अवसरमा महाराजगञ्जस्थित निवासमा आयोजित सानो कार्यक्रमका बीच आरजु देउवा र उनका श्रीमान् पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले एक–अर्कालाई केक खुवाएका थिए।
जन्मदिनमा उनका निकटका व्यक्तिहरू निवासमा पुगेर शुभकामना व्यक्त गरेका थिए। पारिवारिक र आत्मीय वातावरणमा जन्मदिन मनाइएको बताइएको छ।



कागजपत्र |
