

मिनी ट्रकबाट ओर्लने क्रममा लडेर एकको मृत्यु

भक्तपुर — मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ चाँगुनारायण–२ झौखेलबाट ब्यासी तर्फ आउँदै गरेको बा २ क ९०९९ नम्बरको मिनी ट्रकमा सवार ब्यासीका ४१ वर्षीय सूर्यमान सुवालको सोही मिनी ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिनी ट्रकबाट ओर्लने क्रममा लडेर चक्कामा परी घाइते भएका सुवालको उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामङ्गलमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।
मिनी ट्रकको अगाडिको बायाँ साईटको चक्काको ठक्करले सख्त घाइते सुवाललाई भक्तपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल पुर्याएको र त्यहाँ उपचार हुन नसकेर केएमसी अस्पताल सिनामङ्गल पुर्याइएको थियो ।

