
नेपाली कांग्रेससँगको आबद्धता समाप्त गर्ने सोचमा पुगेको छु : राजेन्द्र बजगाईं
काठमाडौं- पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने सोचमा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत बजगाईंले केही निकृष्ट पात्रका कारण कांग्रेस छाड्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।
बजगाईंले लेखेका छन्, “धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरैपटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास–नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाइदिएँ। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो।”
उनका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनी गोरखा–१ बाट निर्वाचित भएका थिए।



कागजपत्र |
